April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा सुत्केरीको मृत्युबारे छानबिन गर्न समिति

1.6K

काठमाडौं । पाँचथरको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्युपछि छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालकसहित बसेको सर्वपक्षीय बैठकले पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवालको संयोजकत्वमा समिति गठन गरेको हो । शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम–६ की १९ वर्षीया करिना फागोको आइतबार मृत्यु भएको थियो ।

परिवार तथा आफन्तले अस्पताल तथा स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । बैठकले मृतकका परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ । सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन् ।

Advertisement

किरिया खर्चस्वरुप तत्काल ५ लाख र नवजात शिशुको शिक्षादीक्षाका लागि बैंक खाता खोलेर थप ५ लाख गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेलगत्तै शव बुझ्ने बुझाउने प्रक्रिया सुरु हुने सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए ।