November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

खोटाङका भूकम्प पिडितलाई राहत वितरण

3.6K

खोटाङ । खोटाङको साकेला गाउँपालिका मात्तिम बिर्ता वडा न. ५ लाई केन्द्र बिन्दु बनाएर आइतबार गएको भुकम्पबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ । भुकम्पले पु¥याएको पुर्ण क्षतिबाट प्रभावितहरुलाई नेपाल रेटक्रस सोसाइटी खोटाङले राहत वितरण गरेको हो ।

साकेला गाउँपालिकाका अध्यक्ष रबि प्रकाश राईको प्रमुख आतिथ्यमा सबै वडाका पुर्ण क्षती प्रभावितहरुलाई एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले भुकम्पका कारण आफ्नो गाउपालिकामा पुग्न गएको अपुरणिय क्षती प्रती दुख व्यक्त गरे । साथै अध्यक्ष राईले सम्पुर्ण साकेलाबासी भुकम्प प्रभावित परिवारको थप पहिचान गर्न गाउँपालिकामा केन्द्रिय स्तरबाट परिचालित प्राविधिक विशेषज्ञ टोलिलाइ समेत प्रत्येक गाउँ तथा टोलहरुमा जान निर्देशन दिए । अध्यक्ष राईले भुकम्पबाट प्रभावित भएका घर परिवारलाई थप राहत उपलब्ध गराउनका लागि माथिल्लो सम्बन्धित सरोकारवाला निकायहरुसङ्ग समेत गम्भीरतापुर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र कुमार बजिमयले गाउँपालिका भित्र पुर्ण रुपमा क्षती भएका १४ घरपरिवारलाई संकटको अवस्थामा नआत्ति बस्न आग्रह गर्दै भुकम्प प्रभावित व्यक्तिहरुको अव्यवस्थित बसाईलाई थप व्यबस्थित बनाउन गाउँपालिका सङ्ग समन्वय गर्ने र राहत वितरणमा जस्तोसुकै परिस्थितिमा आफू र नेपाल रेड्क्रस सोसाइटी उपस्थित हुने बताए ।

राहत बितरणको पहिलो चरणमा भुकम्प प्रभावित प्रत्येक परिवारलाई त्रिपाल १ थान, कम्बल २ थान, साडी १ सेट, बुट्टे कपडा १ सेट, भाडा कुडा १ सेट र बाल्टी लगायतका सामानहरु बितरण गरिएको छ ।