April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला गाउँपालिकाद्वारा भूकम्पबाट भएको क्षतीको विवरण संकलन

4.1K

खोटाङ । खोटाङको साकेला गाउँपालिका मात्तिम बिर्ता वडा नंं. ५ लाई केन्द्र बिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ रेक्टर स्केलको भुकम्पले पुर्याएको मानविय तथा भौतिक क्षतिको साकेला गाउँपालिकाले निरिक्षण गरेका छ । गाउँपालिका अध्यक्ष रबि प्रकाश राइको नेतृत्वमा उपाध्यक्ष बिर्सिका राई सहितको टोलिले वडाहरुको बस्ती तथा टोलहरुमा नेपाल प्रहरी, गाउँपालिकाको प्राविधिक ईन्जिनियर सहितको समुहले स्थलगत अवलोकन र निरीक्षण गरेका हुन ।

स्थलगत निरीक्षणको क्रममा पुग्न नसकिएका वडाहरुमा भुकम्पको असरले पुर्याएको क्षतिहरु प्रती सम्पुर्ण वडाका कार्य समितीहरुलाई नागरिकहरुको घर घरमा पुगेर थप अध्ययन गरि यथाशक्य २४ घण्टा भित्र गाउँपालिकामा समेत रेपोर्टिङ्ग गर्न अध्यक्ष राइले निर्देशन दिए ।

अध्यक्ष राईले भुकम्पको असरलाई स्थलगत निरिक्षण गर्दा सम्पुर्ण वडाबासिहरुको अधिकाशं घरहरुमा आंशिक रुपमा क्षति भएको जानकारी दिए । गाउँपालिका अध्यक्ष र वडा कार्य समितिहरुको स्थलगत अध्ययनको अनुसार तथ्यांकिय विवरणहरुमा १ न वडा बाझेच्यानडाडामा एक सय ३४ घर २ न वडा रतन्छामा ८८ घर ३ न वडा खिदिमामा ५८ घर र ४ न वडा मात्तिममा एक सय ५ घर र ५ न वडा मात्तिममा ८० घर गरि जम्मा ४ सय ६५ घरमा आंशिक क्षति भएको छ भने १ न वडा अन्तर्गत सरस्वती आवाशिय विद्यालय र ट्याम्के दोबाटो प्रावि भवन र ३ न वडा अन्तर्गत चार कोठे नव ज्योती प्रा वि को भवनमा समेत आंशिक क्षति भएको छ ।

Advertisement

अध्यक्ष राईले भुकम्पिय असरका कारण आफ्नो गाउँपालिकामा पुग्न गएको अपुरनिय क्षतिप्रती दुख व्यक्त गरेका छन् । नागरिकहरुको असहज अवस्थालाई समाधान गर्न आफू र आफ्नो गाउँपालिकाको तर्फबाट पुर्ण रुपमा पहलकदमीलाई तिब्रता दिने र राहत उपलब्ध गराउन माथिल्लो सरोकारवाला निकायहरुसङ्ग गम्भीरतापुर्वक लाग्ने समेत अध्यक्ष राइले प्रतिबद्धता व्यक्त गरे ।