क्रिप्टोकरेन्सी प्रतिबन्धको सूचना बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता
काठमाडौं : क्रिप्टोकरेन्सी लगायतका डिजिटल मुद्रालाई कानुनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता सागर बराल लगायतले हिजो बुधबार अदालतमा दायर गरेको रिट बिहीबार दर्ता भएको हो। अहिले विश्वभर डिजिटल करेन्सीको कारोबार भइरहेकाले नेपालमा पनि यसलाई खुला गर्नुपर्ने रिटमा जिकिर गरिएको छ। विश्वका कतिपय देशले डिजिटल मुद्राको...