नेपाल सम्पत्ति शुद्धीकरणकाे कालाेसूचीमा पर्नसक्ने जाेखिम बढ्याे : गगन थापा
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले के–के काम...