March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गते उद्घाटन हुने

2.4K

काठमाडौँ — २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते (जनवरी १ तारिख) मा उद्घाटन हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा आइतबार बबरमहलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति बैठकले पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ९८ प्रतिशत भौतिक काम सकिसकेको जनाइएको छ । ‘अब २ प्रतिशत काम भनेको उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–साना काममात्रै बाँकी छन,’ प्रवक्ता निरौलाले भने ।

pinup pin up pin up pinup

यो परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो । पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएको हो । कोभिडका कारण पछिल्लोपटक २०२२ को डिसेम्बरसम्म ठेकेदार कम्पनीलाई समयसीमा तोकिएको छ । तर, उसले दुई महिनाअघि नै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

Advertisement

विमानस्थल हस्तान्तरण भइसकेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने जनाएको छ ।