इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क चर्को भएकोमा विरोध, एसोसिएसन बाग्मतीले गरायो ध्यानाकर्षण
काठमाडौं । इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशले इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएको भन्दै विरोध गरेको छ । चर्को शुल्कले लोककल्याणकारी राज्यको उपहास गरेको इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशका सभापति रोहिणी पौडेलले बताए । प्रदेश कार्यालयले परीक्षा शुल्क अस्वभाविक भएको भन्दै नेपाल इञ्जिनियरिङ परिषद्को ध्यानकर्षण पत्रसमेत बुझाएको छ । पत्रमा ‘कठिन परीक्षा तथा अन्य परिस्थितिहरूसँग संघर्ष...