April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क चर्को भएकोमा विरोध, एसोसिएसन बाग्मतीले गरायो ध्यानाकर्षण

4.8K

काठमाडौं । इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशले इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएको भन्दै विरोध गरेको छ । चर्को शुल्कले लोककल्याणकारी राज्यको उपहास गरेको इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेशका सभापति रोहिणी पौडेलले बताए ।

प्रदेश कार्यालयले परीक्षा शुल्क अस्वभाविक भएको भन्दै नेपाल इञ्जिनियरिङ परिषद्को ध्यानकर्षण पत्रसमेत बुझाएको छ । पत्रमा ‘कठिन परीक्षा तथा अन्य परिस्थितिहरूसँग संघर्ष पार गर्दै आफूलाई अब्बल सावित गरि दर्ता योग्यताका लागि विद्यमान ऐन मुताविकको परीक्षामा सामेल हुन तयार नागरिकको लागि चर्को शुल्कको मार थोपरेको छ’ उल्लेख छ ।

साथै सो परीक्षा पास गरिसक्दा समेत प्रमाणपत्र प्रदान गर्न बनेको निकायले नै थप अस्वभाविक शुल्क लिने कुरा लोकककल्यानकारी राज्यको उपहासजस्तो देखिएको एसोसिएसनको ठहर छ ।

Advertisement

इञ्जिनियर्सएसोसिएसन बाग्मती प्रदेशले छोटो समयका लागि सूचना निकाल्ने र पुनः त्यसभन्दा पछि शुल्क दोब्बर तिर्नुपर्ने व्यवस्था पनि गलत भएको उल्लेख गरेको छ । यसले राज्यका निकायहरू नै नागरिकको आर्थिक शोषणमा उद्यत जस्तो देखिएको प्रदेश कार्यालयको भनाइ छ ।

यसैले आफ्नो शैक्षिक योग्यता पूरा गरेका समस्त इन्जिनियर वर्गको तर्फबाट यस पक्रियालाई सहज बनाउन पछिल्लो समयमा जारी गरिएको शुल्क कम गरि परीक्षामा सामेल हुन पाउने दर्ता पक्रियालाई नियमित गराउन माग गरिएको छ ।

यसअघि नेपाल इञ्जिनियरिङ परिषद्ले बुधबार नाम दर्ता परीक्षाको लागि सूचना जारी गरेको थियो । सूचनामा नाम दर्ता परीक्षाको लागि ३ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ । तोकिएको अन्तिम म्याद सकिएको ७ दिनसम्म दोब्बर शुल्क बुझाएर आवेदन फारम बुझाउन सकिने परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ ।