काठमाडौं। सरकारले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा नियुक्त गरेको हो ।
यसअघि अर्थसचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल कार्यरत थिए ।