April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रचण्डको ‘नयाँ टि–सर्ट’

7.1K

साँइला भाइ, धरान

जनवादी गायक तथा संगीतकार जेवी टुहुरेको तस्विर अंकीत टी–सर्टमा माओवादी अध्यक्ष प्रचण्ड सामाजिक सञ्जालमा देखिएका छन् । जेवी टुहुरे फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले विहिवार प्रचण्डलाई टी–सर्ट हस्तान्तरण गर्नासाथ लगत्तै प्रचण्डले सामाजिक सञ्जालमा टीसर्ट लगाएको तस्विर सार्वजनिक गरेका थिए । यसपछि सामाजिक सञ्जालमा टि–सर्ट बारे टिप्पणी आउन थालेको छ ।

तीसको दशकदेखि लगातार जनवादी गीत गाउँदै आएका टुहुरेको निधन ०७८ भदौमा भैसकेको छ । कवितालाई संगीतमा ढालेर कविता गाउन सक्ने क्षमताका टुहुरेले ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै सुखको संधै प्यासी बनेर’ बोलको प्रख्यात गीत जिवन पर्यन्त गाए । यो गीत नै टुहुरेको पर्याय बन्यो । यो गीत कालजयी बनेको छ । अझै कैयौं वर्ष यो गीत घन्कि रहनेछ । तर, टुहुरेको अनुपस्थिति पनि खड्की रहनेछ ।

Advertisement

विसं २००१ साल धरानमा जन्मेका टुहुरे दोस्रो संविधानसभा सदस्य हुन । माओवादी केन्द्रले टुहुरेको मूल्यांकन गर्दै संविधानसभा सदस्य बनाएको थियो । तर जिवनको अधिकांस वर्ष उनले एमालेलाई उठाउन गीत गाए । टुहुरेले धरानको नयाँ लहर सांस्कृतिक समूहबाट आफ्नो गायन यात्रा सुरु गरेका थिए । यसपछि उनी राल्फा समूहका मञ्जुल, रामेससंगै संकल्प परिवारमा समाहित भए । विसं ०३३ सालमा धरानको भूतपूर्व सैनिक विश्राम भवनमा पहिलो पटक आमा दिदी बैनी हो बोलको गीत गाए । त्यसयता उनले यो गीत कति पटक गाए कुनै हिसाव छैन । कतिले यो गीत सुने त्यो संख्या पनि एकीन गर्न सकिन्न ।

दुनियाँका क्रान्तिकारीहरुको तस्विर अंकीत ‘लकेट’ लगाउने चलन धेरै अघि देखिको हो । लेनिन, माओका लकेट लगाउने प्रचलन पनि कुनै समय खुबै थियो । यसमध्ये अन्तराष्ट्रिय क्रान्तिकारी नेता चे गुवाराको टी–सर्ट लगाउने फेसनको दाँजोमा अरुको आउँदैन । अर्जेन्टिनाका विख्यात फुटबल खेलाडी म्याराडोनाले पाखुरामा चे गुवाराको ‘ट्याटु’ नै खोपेका थिए । धरान की कांग्रेस नेतृ लक्ष्मी खतिवडाले पाखुरामा वीपी कोइरालाको तस्वीर ट्याटु खोपेकी छिन् ।