April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपेन्द्र सुब्बा सही कि हामी ?

4.6K

टंक सेलिङ

ब्ल्याक लाइभ्स् म्याटअर् पहिचानको आन्दोलन थियो । सन् १९०० देखि नै सुरु भएको उक्त आन्दोलन सन् १९६०– २०२० मा आईपुग्दा मात्रै कसरी सफल हुन पुग्यो ? हिजो किन असफल भयो ? गम्भीर विश्लेषण आवश्यक छ ।

सामाजिक न्यायका आन्दोलनहरू सफल हुनका लागि कन्ट्याक हाइपोथेसिसले आन्तरिक जातिहरूको समन्वय हुनुपर्छ भन्छ । जसले, समाजमा भाईचारा निमार्ण गर्दै, समतामूलक समाज निर्माणमा सहयोग गर्दछ । जुन आग्रह उपेन्द्र सुब्बाले गरेको देखिन्छ । तर, हाम्रो आन्दोलन र चिन्तनहरू अमेरिकी नागरिक अधिकार आन्दोलन ताका, अर्थात् सन् १९५०/५५ को अवस्था भन्दा पछाडि रहेको पाँउछौ । त्यो हुनुमा, शैक्षिक र सामाजिक अर्थ/सांस्कृतिक गतिको अवस्थाहरूले पनि निमार्ण गरेको देखिन्छ । जुन कुरा, प्राकृतिक गति पनि मान्न सकिएला । यद्यपि, हामी आन्दोलनकारीहरूले, सन् २०२० मा आएर Black lives Matter को आन्दोलन कसरी सफल भयो बुझ्न जरुरी छ ।

Advertisement

अन्तरजातीय सम्पर्क बढ्दै गएपछि, अमेरिकामा श्वेत (व्हाइट) मान्छेहरू बढिभन्दा बढी काला जातीले समान अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमिए, जुन आन्दोलनमा ४९% श्वेत (ह्वाइट) मान्छेहरू ब्ल्याक लाइभ्स् म्याटअरमा सहभागी हुनुले पनि समानताको आन्दोलन सफल भएको हो । त्यसैले, समानताको आन्दोलन सफल बनाउन, आफूमा भएको संकीर्णता हटाउदै जातीय अन्तरघुलनको अवस्था निर्माण गर्नुपर्ने देखिन्छ ।

पहिचानको आन्दोलनलाई गम्भीरतापूर्वक समिक्षा गर्दै, आन्तरिक जातीय संकीर्णताबाट जोगाउदै, समतामूलक समाज निर्माण गर्नु नै मानव मुक्तिको आधार हो । त्यसैले जातीय अन्तरघुलनमा जोड दिँदै नवीन भाष्यहरूको तुलनात्मक निष्कर्ष निकाल्न जरुरी रहेको छ । तिनै नवीन चिन्तनहरूको आधारमा पहिचानको आन्दोलनलाई अगाडि बढाउदा कसो होला ?

अन्त्यमा, उपेन्द्र सुब्बाका आग्रहहरू गलत छैनन्, भाषा मात्रै तलमाथि परेको निष्कर्ष निकाल्न सकिन्छ ।