एजेन्सी- सपनालाई ह्याक गर्न सकिन्छ भन्ने खबर सुन्दा तपाईलाई अचम्म त लाग्यो नै होला । तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् ।
उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने भएको छ ।
एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ । केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् । सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ ।
वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए । ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।
अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ । इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा