November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

किन गरिन एअरपोर्टमा जुही चावलाले हारगुहार

4.2K

मुम्बइ– भारतीय अभिनेत्री जुही चावलाको हिराको झुम्का मुम्बइ एअरपोर्टमा हराएको छ। अभिनेत्री चावलाले सामाजिक सञ्‍जाल ट्विटरमा आफ्नो झुम्का हराएकोबारे पोष्ट गर्दै खोजीका लागि हारगुहार गरेकी छिन्।

उनले लेखकी छिन्, ‘आइतबार बिहान मुम्बइ एअरपोर्टको गेट नम्बर ८ मा गइरहेकी थिएँ। इमिरेट्स काउन्टरमा चेक इन गरें। यहीबीच मेरो झुम्का कतै झर्‍यो। यदि कसैले खोजेर सहयोग गर्नुभयो भने म पुरस्कार दिन्छु।’

उनले उक्त झुम्का आफ्नो म्याचिङ पिस भएको बताउँदै १५ वर्षादेखि लगाइरहेको उल्लेख गरेकी छिन्।

Advertisement

उक्त पोष्टमा जुहीले एउटा तस्विर पोष्ट गरेकी छिन्। जहाँ हराएको जस्तै अर्को झुम्का लिएकी छन्। उक्त झुम्का सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले एअरपोर्टको खराब सेवाका बारेमा समेत गुनासो गरेकी छिन्। एअरपोर्ट अधिकारीमाथि आफ्नो रिस पोखेकी छिन्। खराब व्यवस्थाका कारण यात्रुले लामो समय कुर्नुपरेको उनको भनाइ छ।