April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

८४ बर्षका हजुरबाले बिहे गरे पालिकाकि कर्मचारी, सामाजिक सञ्जालमा भाइरल

3.5K

इलाम – इलाम पिपलबाेटेका हाल काठमाडौ घट्टेकुला निवासी ८४ बर्षका मित्रलाल भट्टराईले धनगढी नगरपालिकामा जागिरे एक महिलालाई दुलहीकाे रुपमा भित्राएका छन ।सायद याे निकै दुर्लभ बिहे हुनुपर्छ ।उनको बिहेको फाेटा सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

प्रेमको आँखा हुँदैन, प्रेमलाई उमेरले छेक्दैन र प्रेमलाई कसैलाई रोक्न सक्दैन भनिन्छ । तरपनि हाम्रो देशको कानुनमा बाल बिबाह, अनमेल बिबाह (उमेर अन्तर) लाई बर्जित गरिएको छ ।

विशेषगरी महिलाको उमेरसँग स्वास्थ्य र सामाजिक पक्षलाई जोडेर उक्त व्यवस्था गरिएको बताइन्छ । सबै कुरालाई महिला सशक्तिकरणसँग जोडेर आँखा चिम्लिँदै जाने हो भने त्यसले अन्ततोगोत्वा हानी महिलालाई नै पुर्याउनेमा दुई मत छैन । त्यसोहुँदा कालान्तरमा त्यसको असर समाज र राष्ट्रलाई नै पर्ने हो ।

Advertisement

राज्यले ७० वर्ष कटेकालाई वृद्ध भत्ता दिने गरेको छ । अझ ८० वर्ष कटेकालाई त त्यसमा पनि एक हजार रूपैयाँ थपेर भत्ता दिने गरिएको छ । यो सबै व्यवस्था नागरिकको उत्तरोत्तर भविश्यको लागि सोचेर गरिएको हो ।

सुविधा र सहुलियत उत्तरोत्तरको असुल्ने तर व्यवहार पूर्वाद्र्ध उमेरको हुँदा उक्त विषय आलोच्य पनि बन्न थालेको छ । सबैले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । त्यसैले समाजमा विभिन्न नाम र बहानामा भइरहेका यस्ता अनमेल बिबाहले स्वयम् महिला अधिकारकर्मीहरूतर्फ पनि प्रश्न सोझिन थालेको छ ।जनआस्था