काठमाडौं । काग तिहारको अवसर पारेर काठमाडौमा काग सम्मेलन भएको छ । सधैँ झै यवर्ष पनि कलाकार रमेश दुलालले काग सम्मेलन गरेका हुन् । उनले तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन् ।
काठमाडौँको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे गरिएको काग सम्मेलनमा रमेशले कागको आवाज निकालेर काग जम्मा गरेका छन् ।
एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए ।
सपनामा काग कराएको देखेपछि विपनामा त्यसलाई एप्लाई गरेको रमेश बताउछन् ।
बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उनले बताए । उनले यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा झन्डै ६ महिना कागसँगै अन्य पशुपंक्षीको अध्ययन गरेको उल्लेख गरे ।