April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

शव दाहसंस्कार गर्नेबेला जब युवती उठेपछि…!

3.8K

एजेन्सी– हामीले यस्तो घटना सायदै सुनेका हौँला । सुने पनि फिल्ममा मात्र । तर यस्तो घटना भारतको उत्तर प्रदेशमा भने साँच्चिकै भएको छ ।

उत्तर प्रदेशको मेरठा जिल्लामास्थित मवानामा एक युवतीको मृत्यु भएको भनेर शव गाड्न लागिएको थियो ।

त्यहि बेला नै नै युवती जुरुक्क उठेपछि सबे चमत्कार भयो भन्न थाले । तर केहि घण्टा पछि नै उक्त युवतीको मृत्यु भयो ।

Advertisement

कसैले यसलाई चमत्कार र कसैले अस्पतालको लापरवाही बताईरहेका छन् । एक २१ वर्षकी उक्त युवती स्वास्थ्य अवस्था बिग्रिएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

२४ अगस्टमा उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा डाक्टरहरुले उनलाई मृत घोषित गरे । तर अन्तिम संस्कारका बेला उनी जुरुक्क उठेकी थिइन् ।

एजेन्सीको सहयोगमा