चीनमा १५ महिनादेखि एउटा अद्भुत यात्रामा निस्किएका हात्तीको एउटा बथानबारे ठूलो चर्चा भइरहेको छ।
त्यो बथानमा छावासहित १५ वटा हात्ती छन्।
तिनको निगरानी गर्न सुरक्षाकर्मी र ड्रोन परिचालन गरिएको छ।
भर्खरै एउटा जङ्गलमा ती हात्तीहरू सुतिरहेको अवस्थामा फेला परे।
ती हात्ती किन आफ्नो वासस्थान छोडेर गाउँसहर हुँदै भड्किरहेका छन् भन्ने स्पष्ट छैन।BBC