March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

3K

विलमिङटन- अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्। बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ।

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो। 

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताए। उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताएका थिए।

Advertisement

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ। राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन्। उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने भएका छन्।

राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन्। दुवै कुकुर ह्वाइटहाउस लैजाने यसअघि नै सार्वजनिक भइसकेको छ। -रासस–एपी