November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० भन्दा बढी बेपत्ता

2.5K

काठमाडौँ– भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएका छन् ।

उत्तराखण्डका मुख्य सचिव ओम प्रकाशका अनुसार बाढीबाट १०० देखि १५० मानिस मारिएको अनुमान गरिएको छ। चमोली तपोवन इलाकामा भएको यस घटनाबाट ऋषिगंगा जलविद्युत् पूरै ध्वस्त भएको छ। 

यहाँ काम गर्ने कयौँ मजदुर बेपत्ता छन्। नदी किनारमा रहेका कयौँ बस  बाढीसँगै बगेका छन्। आसपासका गाउँलाई खाली गराइएको छ। ऋषिगंगाका अलावा एनटिपीसीको पनि एक परियोजनामा क्षति पुगेको छ। तपोवन बाँध, श्रीनगर ड्याम र ऋषिकेश ड्याम पनि क्षतिग्रस्त भएका छन्। 

Advertisement

बाढी आएपछि उद्धारकर्मीहरुले मानिसहरुलाई अग्लो स्थानमा सारिरहेका छन्। बाढीले ऋषिगंगा विद्युत् परियोजनामा क्षति पुगेको छ। आईटीबीपी, एनडिआरएफ र एसडिआरजीको कयौँ टोली घटनास्थलमा पुगेका छन्।