November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१ लाख ८४ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप

3.4K

काठमाडौं- नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख ८४ हजार ८५७ पुगेको छ। कोभिड-१९ विरुद्ध पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८५७ खोप लगाइएको हो।

प्रदेश १ मा  २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमतीमा ६३‍ हजार ३०८ र गण्डकीमा १८ हजार ४७२ जनालाई खोप लगाइएको हो। यस्तै लुम्बिनीमा २८ हजार ९४१,  कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिम १४ हजार ८५५ जनालाई खोप लगाइएको हो। 

देशका ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

Advertisement

पहिलो चरणको खोप अभियान शनिबारबाट सकिएको छ। पहिलो चरणमा फ्रन्टलाइनरहरूलाई खोप लगाइएको थियो। 

दोस्रो चरणको खोप अभियानबारे छिट्टै नै जानकारी गराइने मन्त्रालयले जनाएको छ।