November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

किर्गिस्तानको नयाँ प्रधानमन्त्रीमा उलुक्बेक मरिपोभ निर्वाचित

2.2K

विस्वेक– बुधबार किर्गिस्तानको नयाँ प्रधानमन्त्रीमा उलुक्बेक मरिपोभ निर्वाचित भएका छन्। किर्गिस्तानको संसद्ले मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन्। 

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

Advertisement

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ।