November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्दै कांग्रेसका १३ भ्रातृसंस्था

2.2K

काठमाडौं– सोमबार नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आज (सोमबार) हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

‘त्यो `माघ १९´। यो `माघ १९´l त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमनविरुद्धको प्रदर्शन l रंग प्रतिगमनको जुन भएपनि ढंग उही l अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उही‚’ ट्विटरमा उनले लेखेका छन्‚ ‘आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौं l’

पार्टीको केन्द्रीय निर्णय अनुसार भ्रातृ संस्थाले सोमबार १३ संगठनले संयुक्त विरोध प्रर्दशन गर्दैछन्। ७७ जिल्लामै एकसाथ प्रदर्शनको तयारी गरिएको कांग्रेसले जनाएको छ।

Advertisement