November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

साउदी अरबमा मे १७ तारिखसम्म यात्रा गर्न प्रतिबन्ध

2.8K

रियाव– साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो। नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन्।

कोरोना भाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिबन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।

साउदी अरबमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रीक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिबन्ध लगाइएको हो।

Advertisement