April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली जनसम्पर्क समितिबारे कांग्रेसले गर्यो चार निर्णय

2.7K

काठमाडौं – नेपाली कांग्रेसले  प्रवासमा रहेको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिबारे विभिन्न चारवटा निर्णय गरेको छ । मंगलबार सम्पन्न भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकले नेपाली जनसम्पर्क समितिबारे चारवटा निर्णय गरेको हो ।

  • खाडी मुलुकमा रहेको नेपाली जनसम्पर्क समितिको क्रियाशील सदस्यता स्वीकृत गरेको छ । बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराईन, मलेशिया र साउदी अरबको क्रियाशील सदस्यता स्वीकृति गरेको हो ।
  • पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नविकरण तर्फको नामावलीको सूची र सो वापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २१ (१) बमोजिमको प्रक्रिया पूरा गरी यूरोपस्थित माल्टा देशमा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीहरुको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आवद्धताका लागि निवेदनसहित आवश्यक कागजात पेश गरेकोले, सोही नियमावलीको नियम २१ (२) बमोजिम नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसँगको आवद्धता प्रदान निर्णय गरेको छ ।
  • नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासँग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति युएइको सम्मेलनबाट संशोधित विधानलाई अनुमोदन गरिदिनका लागि नेपाली जनसम्पर्क समिति युएइबाट प्राप्त विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकृत गर्ने ।
  • नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ७४ (१) बमोजिम नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल १७ जनवरी २०२१ (तदनुसार माघ ४, २०७७) मा समाप्त भएकोमा, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यकाल थप गर्ने ।