काठमाडौं – नेपाल विद्यार्थी संघको एउटा समूहले आफ्नै पार्टीका नेताहरूलाई घेराउ गरेका छन्। नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा ५० जनाले नेताहरूलाई घेराउन गरेका हुन्। केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यलय सानेपा पुगेका थिए।
संविधान मिचेको भनेर कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई औँलो ठड्याउँदै गर्दा आफ्नो भ्रातृ संगठन अस्तव्यस्त बनेको पत्तै नपाएको भन्दै घेराउनै गर्नुपरेको नेता मनिष सिम्खडाले बताए।
विधि विधानको धज्जी उडाएर ५३ वर्षीय राजीव ढुंगानालाई नेविसंघको अध्यक्ष बनाएर केही पनि प्रगति नभएको सिम्खडाको भनाइ छ।