April 19, 2026, Sunday
२०८३ बैशाख ६
1:37:26 pm

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

२०८२ फाल्गुन १८

340

तेहरान । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन् ।

सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला ती दाबी अस्वीकार गर्दै उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’

लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा टिप्पणी गर्दै भनेका छन्, ‘ट्रम्पले झूटा आशा देखाएर मध्यपूर्व क्षेत्रलाई अराजकतामा धकेलेका छन् । अनि अहिले अमेरिकी सैनिकहरूको थप क्षतिबारे चिन्तित बनेका छन्।’

Advertisement

उनले ट्रम्पका कदमलाई ‘भ्रमपूर्ण’ भन्दै ‘अमेरिका फस्र्ट’ को नारा ‘इजरायल फस्र्ट’ मा रूपान्तरण गरेको आरोप लगाएका छन् । ट्रम्पले इजरायलको शक्तिको भोकका लागि अमेरिकी सैनिकहरूलाई बलि दिएको समेत उनले बनाएका छन्।

दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीका प्रमुख सल्लाहकार समेत रहेका लारिजानीले इरानी सेनाले आक्रमण सुरु नगरेको दाबी गर्दै भनेका छन्, ‘हामीले आक्रमणको सुरुवात गरेका होइनौँ।’