April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

दुई हप्ताका लागि पछि हटे ट्रम्प, इरान हर्मुजको आवागमन सहज बनाउन तयार

640

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको हातक आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन् । इरानलाई ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ धम्की दिएका उनी पाकिस्तानी मध्यस्थतापछि पछाडि हटेका हुन् ।

आफूले दिएको समयसीमा सकिनुअघि ट्रम्पले आफ्नो प्लेटफर्म ट्रुथ सोसलमार्फत निर्णय परिवर्तन गरेको घोषणा गरेका थिए ।

mostbet

उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा आफूले योजना रोकेको बताएका छन् ।

Advertisement

इरान हर्मुज क्षेत्र खोल्न तयार भएपछि आफूले पनि सहमति जनाएको उनको भनाइ छ । ‘पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएका कुराकानीका आधारमा म इरानमाथिको आक्रमण र सैन्य कारबाहीलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत छु,’ ट्रम्पले एक वक्तव्यमा भनेका छन्, ‘उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए र इस्लामिक गणतन्त्र इरानले होर्मुज जलडमरूलाई पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्न सहमति जनाउने सर्तमा ।’