November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘सबै तानाशाह अन्तिम घडीमा दमनमा उत्रन्छन्’ : रामचन्द्र पौडेल

19.2K

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै तानाशाह आफ्नो अन्तिम घडीमा दमनमा उत्रने गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्। 

सोमवार प्रबुद्ध व्यक्तिहरूमाथि भएको प्रहार र दमनले नागरिकलाई थप उर्जा प्रदान गरेको उनको तर्क छ। अझै डटेर लड्न प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र समर्थन रहेको बताएका छन्। 

‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले लेखेका छन्, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्छ, अझै प्रतिमनसाग डटेर लड्न सबै आन्दोलनमा मेरो साथ र समर्थन रहनेछ।’

Advertisement

#2
सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।

https://platform.twitter.com/embed/index.html?dnt=false&embedId=twitter-widget-0&frame=false&hideCard=false&hideThread=false&id=1353963608741269507&lang=en&origin=http%3A%2F%2Fthahakhabar.com%2Fnews%2F117004%2F&theme=light&widgetsVersion=ed20a2b%3A1601588405575&width=550px