November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘ओलीले सत्तामा रहनकै लागि प्रतिनिधि सभा विघटन गरे’: शम्भु थापा

8.1K

काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तामा रहनकै लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका छन्।

वरिष्ठ अधिवक्ता थापाले ओलीले सत्तामा कायम रहनकै लागि विघटन गरेको जवाफ अदालतलाई दिएको बताए। ओलीले पदकै लागि प्रतिनिधि सभा विघटन गरेको स्वीकार गरेको पनि थापाको जिकिर छ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा रिट निवेदकको तर्फबाट मंगलबार सर्वोच्च अदालतमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको दोहोर्‍याए। 

Advertisement