काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बिहीबार टस जितेको इटालीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन जोड्न सके ।