November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो- किसान श्रेष्ठ

२०८२ कार्तिक २४

540

काठमाडौं । चार वर्षपछि एमालेमा फर्किएका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरेको बताएका छन् ।

नेकपा एमालेको ‘घर फर्क अभियान’ अन्तर्गत नेकपा एकीकृत समाजवादी परित्याग गरी एमालेमा फर्किएका श्रेष्ठले ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ ।’

श्रेष्ठलाई सोमबार राष्ट्रिय सभा गृहमा नेकपा एमालेद्धारा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओलीले स्वागत गरेका हुन् ।

Advertisement

उनले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन आग्रहसमेत गरे । ‘विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।

सुदृढ र सशक्त नेकपा एमाले निर्माण गर्नु आफूहरुको साझा संकल्प रहेको पनि उनले बताए । उनले भने, ‘मुलुकको विकास, समृद्धि र सुशासनको एकमात्र आधार नेकपा एमाले नै हो । एमालेको सर्वोपरी हित, देशभरका नेता, कार्यकर्ता कमरेडबीच सौहाद्रता, हार्दिकता र भातृत्वपूर्ण व्यवहारबाट त्यो सम्भव छ। गुटविहीन पार्टी र पार्टीको नीति र नेतृत्वप्रतिको प्रतिवद्धतासहित हामी पार्टीमा फर्किएका छौं । यो बाहेक हाम्रा अरु कुनै माग, शर्त र चाहना छैन ।’