November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मुख्यमन्त्रीले विस्वासको मत नपाउने भएपछि २५ दिनमै ढल्यो मधेस सरकार

२०८२ कार्तिक २२

470

काठमाडौं । मधेस प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मन नपाउने भएपछि २५ दिनमै सोनल नेतृत्वको सरकार ढलेको हो ।

कांग्रेस र एमालेलाई पाखा लगाएर मुख्यमन्त्री बनेका सोनलले शनिबार मधेस प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम थियो । मुख्यमन्त्री बनाउन समर्थन गरेका सांसद विपक्षी कित्तामा उभिएपछि सोनलले विश्वासको मत नपाउने सुनिश्चित मतका लागि प्रक्रिया नै सुरु नहुँदै उनले राजीनामा दिएका हुन् ।

सोनल संविधानको धारा १६८ (२ ) बमोजिम असोज २९ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । सोनल गएको असोज २९ गते जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी गरी पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Advertisement

संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्‍को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् ।