November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अफताव आलमको निधन

२०८२ कार्तिक २२

450

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको निधन भएको हो ।

आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारको क्रममा ६३ वर्षीय आलमको मृत्यु भएको पुष्टि भएको हो ।

डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा आलमलाई उपचार गराइएकोमा त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याइएको तर केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भएको परिवार स्रोतले जनाएको छ ।

इट्टा भट्टामा जिउँदै मान्छे पोलेको आरोपमा पक्राउ परेका आलम गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेका थिए। छुटेको केही दिनमै  मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको छोरा डा. राजीकले जानकारी दिए । पुरानै समस्या बल्झिए पछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement