काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा फेरी पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ ।
महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप महरालाई यसअघि २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
उक्त सुन छुटाउन महराले पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ ।
महरालाई प्रहरीले संगठित अपराध कसुरसमेत अभियोग लगाएको छ ।




