November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भाषाभाषीका सिर्जनाले नेपालको वास्तविक अनुहार झल्कन्छ –कुलपति राई

915

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालका सबै भाषालाई समेटेर गरिएको कार्यक्रमले वास्तविक नेपाली अनुहार झल्किएको बताएका छन् । ९ अक्टोबर २०२५ का दिन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको भाषा तथा साहित्य समिति र प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन कार्यक्रममा प्रमुख अतिथि रहेका कुलपति राईले सो कुरा बताएका हुन् ।

गैरआवासीय नेपाली संघको २२ औं स्थापना दिवसको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो । प्रज्ञा–प्रतिष्ठानको देवकोटा हलमा आयोजित सिर्जना वाचन कार्यक्रममा ५९ जना कविहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कुलपति भूपाल राई र विशिष्ट अतिथि एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त रूपबाट पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले सहभागी सबैलाई स्वागत गरेका थिए । त्यस्तैगरी विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका अध्यक्ष महेश श्रेष्ठले भाषाको सवालमा हामी नेपालीहरू संवेदनशील हुनुपर्ने र विदेशमा हुर्कन्दै गरेका नेपाली बालबच्चाहरूले आफ्नो भाषा साहित्य बिर्सदैँ गएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमलाई एनआरएनए पूर्व महासचिव जानकी गुरुङ, मातृभाषा विभागका प्रमुख प्राज्ञ राजन मुकारुङ, एनआरएनए महिला संयोजक रश्मी काली थापाले सम्बोधन गरेका थिए ।

Advertisement

उनन्साठी कविले गुन्जायमान बनाए गोष्ठी
गोष्ठीमा विशाल नाल्बो, मिथोज सुनुवार, मिमबहादुर परियार, सोझो गाँउले, रमेश पौडेल, विमला तुम्खेवा, सिर्जना सरोकार, मनोज न्यौपाने, मणिराज सिंह, अन्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत वाशिष्ठ, जनक रसिक, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङदेम्बे, पदम वालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेश बहादुर बुढामगर, जोगबहादुर बुढामगर, शर्मिला रानाथारु, शोभा सुनुवार, रचना मोक्तान, स्नेहा झा, आलोक तिवारी, मनु ठाडामगर, मणि लोहनी, सन्ध्या पहाडी, देवेन्द्र खापुङ, राधिका कल्पित, विजय हितान, गोविन्दमान सिंह कार्की, तीर्थराज भट्ट, योगराज राजन, रितेश त्रिपाठी, विमला गुरुङ, प्रगति राई, प्रकृति थारु, शिलाखा वाम्बुले, जर्नादन अधिकारी, रवीन्द्र आशिष, जायस जया, सङगीता काली, शशीश्री आचार्य, चेतनाथ धमला, शनि लिम्बु, उत्तम तुम्सा, स्वप्निल स्मृति, सुनिल आङबो, मीरा श्रेष्ठ, जमुना पौडेल, कर्ण दयाल, रश्मि रिमाल, शुशिला निनाम राई, प्रतापसिं नाछिरिङ, निरन्ती तुम्बापो, दीपा लक्सम, सीता तुम्खेवा लगायतले कविता वाचन गरेका थिए ।

गोष्ठीमा २५ जना कविहरूले लिम्बू, राई चाम्लिङ, राई वान्तावा, राई वाम्बुले, थामी, मैथिली, गुरुङ, थारु, राजवंशी, खस जुम्ली, शेर्पा, डोट्याली, मगर ढुँट्, सुनुवार, तामाङ भाषाका कविता पनि वाचन गरेका थिए ।

त्यसैगरी डोल्मा शेर्पा, दशीराम थारु, पर्शुराम थारु, मुक्तिबाबु रेग्मी र प्रयास वान्तावा लगायतले सञ्चार सामाग्री तयार पार्नमा योगदान गरेका थिए ।

कार्यक्रमको सभापतित्व एनआरएनए आईसीसी उपाध्यक्ष तथा भाषा साहित्य समितिका संयोजक विश्वास दीप तिगेलाले गरेका थिए भने सञ्चालन भाषा साहित्य समितिका सदस्य अमित थेवेले गरेका थिए ।