November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु

550

काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय उडान भने शनिबार बेलुकीदेखि नै नियमित छ ।