November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

655

काठमाडौँ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार तामाङलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो।

Advertisement

ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो।