November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एकजना पक्राउ

505

काठमाडौं । ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामानसहित उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको प्रहरीले बताएको छ ।

Advertisement