November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शेरबहादुर देउवाको निवास आगजनी

745

काठमाडौं । बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास आगजनी भएको छ । प्रत्यक्षदर्शीका अनुसार अहिले उनको निवासबाट धुवाँको मुस्लो आइरहेको छ ।

करिब एक हजारको संख्यामा रहेका प्रदर्शनकारी त्यहाँ पुगेका थिए । अहिले पनि तोडफोड भइरहेको ती प्रत्यक्षदर्शीले बताए ।

प्रदर्शनकारीहरुले गृहमन्त्री रमेश लेखकको घरमा पनि आगजनि गरेको छ ।

Advertisement

यसअघि प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।