November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नक्कली भुटानी शरणार्थीको मुद्दा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदै

570

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी सरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा आजदेखि अन्तिम सुनुवाइ सुरु हुन लागेको हो ।

संगठित गिरोहको योजनामा नक्कली कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा गरिएको छ ।

संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो ।

Advertisement

१० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतको अभिलेखअनुसार यो प्रकरणमा अदालतले २०८० मा ४ पटक र २०८१ मा ६ पटक पेसी तोकेर सुनुवाइ गरेको थियो । अब निरन्तर सुनुवाइ गरेर अन्तिम किनारा गर्ने तयारी रहेको बताइएको छ ।