हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने तीनजना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताँजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन् ।
उनीहरूले गाउँपालिकामा स्वास्थ्य सम्बन्धी काम गर्दै आएकी स्वास्थ्यकर्मीलाई मंगलबार राती करिब ११ बजेको समयमा उनको कोठामा गई बन्दक राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार स्वास्थ्य चौकी इन्चार्ज शर्मासहित तीनै जनाले मदिरा सेवन गरी उनको कोठामा गएर सामुहिक बलात्कार प्रयास गरेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।