November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउन आवश्यक: सांसद भण्डारी

490

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै भण्डारीले पाठ्यक्रममा प्रविधिका कुराहरु जोडिनु अपरिहार्य रहेको बताएका हुन् ।

उनले प्राध्यापकहरूलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघ–संस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने कुरा उल्लेख गरिएको भन्दै प्राध्यापकहरूले कुनै नयाँ संघ–संस्था खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्राध्यापकहरूलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघ–संस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरूले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ । कि त संघ–संस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघ–संस्था खोल्न नदिने कुरा लेख्नुपर्छ ।’

Advertisement

समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।