November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रामहरि खतिवडाले सभामुख घिमिरेलाई भेटेर बुझाए राजीनामा

665

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् । उनले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा बुझाएका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामाको घोषणा गरेका उनले आज सभामुखलाई भेटेर राजीनामा बुझाएका हुन् ।

संसदीय छानबिन समितिले राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ ।

Advertisement

राजीनामा दिनु अघि सभामा बोल्दै उनले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताएका थिए ।