क्वालालम्पुर । मलेसियामा तीन कवितासंग्रह विमोचन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनको अवसरमा कवि जुनू रानाको कविता संग्रह रातो नदि, कवि कविता राई गाउँलेको कविता सङ्ग्रह फाटकमा घाम र कवि रोशन यक्सोको कविता सङ्ग्रह सम्झनाको चोमोलुङ्माको विमोचन गरिएको हो ।
संग्रगरू कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, महाहिम राजदूत डा नेत्रप्रसाद तिमिल्सिना र नेपाल आदिवासी जनजाति महासंघ, संघीय उपाध्यक्ष युवराज जिरेलबाट विमोचन भएको छ ।
हङकङमा रहेर साहित्यकर्म गरिरहेका जुनू राना र रोशन यक्सो, त्यसैगरि इलामको पशुपतिनगरमा रहेर सकृय लेखनमा रहेका कविता राई गाउलेको कविता संग्रहलाई मलेसिया विमोचन गरिएको हो ।