November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आज पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै विद्या भण्डारी

605

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलनको आह्वान गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पत्रकार सम्मेलनमार्फत उनले औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

भण्डारीको सचिवालयकाअनुसार भण्डारीले शुक्रबार अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छिन् । सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी रहेको छ ।

गत मंगलबार मध्यराति बसेको एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए ।

Advertisement