काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ ।
बैठकमा विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरिसकेको छ । उपाध्यक्ष पौडेलले विधानका यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।