November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दिलभूषण पाठकविरुद्ध मुद्दा दायर, पाँच वर्ष कैद माग

850

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । साइबर अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले दायर गरेको अभियोग दाबीमा विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ । सरकारी वकिलको कार्यलयले पाठकलाई फरार सूचीमा समेत राखेको छ ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंह देउवाको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

Advertisement