November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भिजिट भिसाको नाममा बदमासी भएको छ: सांसद खतिवडा

740

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएवापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाएका हुन् ।

उनले यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरे ।

Advertisement

सांसद खतिवडाले आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसदमा जारी रहेको भन्दै यसको अन्त्य गर्न आग्रहसमेत गरे ।