November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकी पत्रकार ल्यारी किङको निधन

2.5K

काठमाडौं- चर्चितअमेरिकी पत्रकार ल्यारी किङको निधन भएको छ। टक शोमा ख्याती कमाएका ८७ वर्षीय किङको अमेरिकामा शनिबार बिहान निधन भएको हो।

लस एन्जलसस्थित सेडार सिनाइ मेडिकल सेन्टरमा उनको निधन भएको हो। उनका छोरा चान्सले बुबा किङको निधन भएको पुष्टि गरेका छन्। चान्सले फेसबुकमा स्टाटस लेख्दै किङको निधन भएको पुष्टि गरेका हुन्।

किङले २५ वर्षसम्म अमेरिकी न्युज च्यानल सिएनएनमा ‘ल्यारी किङ लाइभ’ टक शो संचालन गरेका थिए। उनले लिएका अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरू, सेलिब्रेटी र खेलाडीहरूका साथै सामान्य मानिसका अन्तर्वार्ता चर्चित छन्।

Advertisement