November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी

650

काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी–२०आई शृंखलामा बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले दोस्रो जित निकालेको छ ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए । डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए ।

नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १–१ विकेट लिए ।

Advertisement

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।

एक समय ४५–४ को अवस्थामा रहेको नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे ।

१२९–७ को स्कोर भएपछि भान डर मर्वेले आर्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पु¥याए ।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १–१ विकेट लिए ।

यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी–२०आईमा भीम सार्कीले डेब्यू गरेका छन् ।

नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।